April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १५:२0
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई एमालेको सम्बन्धमा बोल्दा र टिप्पणी गर्दा याद राख्न चेतावनी दिएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस आफ्नो सत्ता स्वार्थ पुरा गर्न एमालेलाई विभिन्न आरोपहरू लगाउन थालेको भन्दै बोल्दा ख्याल गर्न भनेका हुन् ।

कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिना गर्ने एमाले अध्यक्ष ओलीलाई समेत कारबाही गर्नुपर्ने माग उठाउने तयारी गरेपछि ओलीले यस्तो बताएका छन् । अव एमाले कांग्रेसको बदमासी टुलुटुलु हेरेर नबस्ने ओलीको भनाइ छ । उनले कांग्रेसले पाखुरा र मसल देखाउँदैमा एमाले नलत्रने भन्दै यस्तै रहे कांग्रेसलाई बोल्न नदिने अवस्था आउने समेत बताए । ‘कांग्रेसलाई बाेल्न दिइँदैन अव भोलि पहिला रवि लामिछानेले बोल्न पाउनुपर्छ होइन भने हामी बोल्छौ’, ओलीको भनाइ छ ।

‘नेपाली कांग्रेसले गरेका बदमासीका बारेमा अव हामी कुरा उठाउँछौँ । अव कांग्रेसको बकवास सुन्न तयार छैनौ’ , ओलीले भने, ‘यतै टोकेको छ उतै भुकेको छ के तरिका हो यो ? हामी सुनिरहनुपर्ने, कांग्रेस कराइरहने पनि हुन्छ संसद् ?’ उनले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्न नहुने भन्दै भोलिबाट आफूहरू संसद् सुचारु गर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेसहितका सहकारी ठगीमा मुछिएकालाई छानबिनको माग गर्दै संसद् अवरोध गरेकोमा कांग्रेको निन्दा समेत गरे । उनले संसदमा कांग्रेसका भ्रष्टाचारी ठहर भएका सांसदले नारा लगाइरहेको भन्दै कांग्रेसलाई सरम लाग्नुपर्ने बताए । ‘नेपाली कांग्रेसलाई सरम लाग्नुपर्ने हो । अनेक आरोपमा फायल दवाएर हैरान भएको छ कांग्रेस’, उनले भने, ‘गरिमामय संसद्को बहुमूल्य समय खेर फाल्नु हुँदैन ।’ उनले कहिँकतै अभियोजन भए चल्ने ठाउँबाट मुद्दा चल्ला भन्दै कांग्रेसले नै फैसला ठोक्ने र ? भनेर प्रश्न गरे । उनले कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली आफूलाई थाहा भएको पनि बताए ।

उनले कांग्रेस आग्रहपूर्ण र कुण्ठाग्रस्त बनेको टिप्पणी पनि गरे । साथै उनले कांग्रेसले गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले बेचेर खाएको आरोप समेत लगाए ।

‘गिरीबन्धु टी–स्टेटको कुरा छ नेपाली कांग्रेसले एकपल्ट ५१ बिगाहा र अर्कोपल्ट १९ बिगाहा गरी ७० बिगाहा जमिन कमिसन खाएर सट्टा पट्टा गर्ने नाममा विक्री गर्न दिएको छ’, अध्यक्ष ओलीले भने, ‘पछि अदालतले नियम बनाएर मात्रै यस्ता काम अघि बढाउनु भनेपछि हामीले नियम बनाएका हौ, त्यो कार्यान्वयन पनि भएको छैन । त्यो नियममा विभिन्न सर्त राखिएको छ ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट