October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बोर्डले चलचित्रको आम्दानी सार्वजनिक गरेकोमा दीपकराजको आपत्ति, केसीले बदनियत राखेको आरोप

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१९
बोर्डले चलचित्रको आम्दानी सार्वजनिक गरेकोमा दीपकराजको आपत्ति, केसीले बदनियत राखेको आरोप

काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् ।
बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको तर्क छ ।

विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै हिजो २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।
बोर्डको सो सूची सबै मिडियाहरूले प्रकाशित गरेका छन् । गिरीले फेसबुकमा स्टाटस लेख्दै बोर्डको सो कार्यप्रति विरोध जनाएका हुन् ।
उनले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम पनि गलत भएको दाबी गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै गिरीले विकास बोर्डका अध्यक्ष भुवन केसीले खराब नियत राखेर यसरी चलचित्रहरूको आम्दानी सार्वजनिक गरेको बताए ।

उनले प्रश्न गरे, ‘विनोद चौधरीले एक वर्षमा कति चाउचाउ बेचे भन्ने पब्लिकलाई थाहा छ ? निजी व्यवसायबाट भएको आम्दानी यसरी सार्वजनिक गर्न बोर्डलाई कसले अधिकार दियो ?’

आम्दानी सार्वजनिक हुँदा तपाईंहरुलाई के अप्ठेरो पर्छ भन्ने प्रश्नमा उनले यसबाट जनतामा भ्रम फैलिने उल्लेख गरे ।

‘यति करोड उति करोड कमायो भनेर जुन सूची दिइएको छ, त्यो निर्माताको आम्दानी होइन । त्यो भनेको ग्रस कलेक्सन हो, जसको अलिकति हिस्सा मात्रै निर्माताको भागमा पर्छ ।
तर, मान्छेले त त्यो सबै हामीले कमाएको भनेर सोच्छन् नि होइन ? भोलि मेरो घरमा चोर पस्यो भने को जिम्मेवार ?’

मिडियाहरूले फलानो चलचित्रले यति व्यापार गर्‍यो उति कमायो भनेर लेख्नु नौलो कुरा नभए पनि बोर्डजस्तो नियामक निकायले यसो गर्न नमिल्ने गिरीले तर्क गरे ।

उनले फेरि विनोद चौधरीको उदाहरण दिँदै भने, ‘चौधरीको सम्पत्ति यति छ, कमाइ यति छ भनेर मिडियाले लेख्नु एउटा कुरा हो । तर, कर कार्यालय नै उनले यति कमाए भनेर त निकाल्दैन नि ?’

भुवन केसी चलचित्र विकास बोर्डमा आएदेखि नै यस क्षेत्रमा भाँडभैलो भइरहेको पनि गिरीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
कस्तो भाँडभैलो भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले व्याख्या गर्न चाहेनन् ।

गिरीले जवाफ दिए, ‘तपाईँहरू आफैँले देखिरहनुभएको छ नि । म यसमा धेरै बोल्न चाहन्न ।’

विकासले सार्वजनिक गरेको सूचीमा छक्का पञ्चा ४ ले करिब १७ करोड ग्रस कलेन्सन गरेको उल्लेख थियो ।

२०७९ सालमा सर्वाधिक कमाई गर्ने कबड्डी ४पछिको यो दोस्रो चलचित्र हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्