September 29, 2024 | आइतवार, अशोज १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १६, २०८१ १६:३६
ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, जेठ १६ । नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल पीसले लाईफ टाईम एचिभमेण्ट अवार्डबाट विभुषित गरेको छ ।

बंगलादेशका राष्ट्र कवि नजरुल इस्लामको जन्म जयन्तीको अवसरमा नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विश्व कविलाई पनि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित गरिएको थियो। यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा रतन भट्टाचार्य, सलोमे मुरो, गुरजीत कौर घुमान, एलिसिया एम गार्सिया, एसके आलमगीर हुसेन, मारिया भिटोरिया, मासिमो, बेनुप्रिया रोय, सईदा अख्तर, स्वप्नेन्दु भौमिक, जेजाबेक, मर्हमार्क कायस, साजिब, रीता बोउरा, लक्ष्मीकान्त दास, फली न्द्रेका, बिजुरी इस्लाम, बारबरा मर्केस, स्वाती दास, डायने ओवेर्ने र प्रसन्ना बृहत्मित्र सिंह रहेका छन्।

साहित्यिक र शान्ति दुवै क्षेत्रमा प्राप्त यस दोहोरो सम्मानले साहित्य, पत्रकारिता र शान्ति निर्माणका क्षेत्रमा अझ सकृय हुन प्रेरित गरेको ओझाले बताए । हाल काठमाण्डौंमा बसोबास गर्दै आएका ओझा व्यास ५ का स्थायी बासिन्दा हुन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १६, २०८१ १६:३६

प्रतिक्रिया