July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

डा. प्रकाशशरण : आरजुको ‘अडियो’ सत्य हो भन्ने विश्वास छैन

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:0३
डा. प्रकाशशरण : आरजुको ‘अडियो’ सत्य हो भन्ने विश्वास छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हचुवाका भरमा कसैलाई दोषी भन्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सामाजिक सञ्जाल र मिडियामा ‘ट्रायल’ गरिएको टिप्पणी गरे । यसप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए ।
अर्थमन्त्री समेत रहेका डा. महतले ‘ट्रायल’ गरेर दोषी भन्न नमिल्नेमा जोड दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेत्री एवं सांसद आरजु राणाको भन्दै बाहिरिएको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए । उक्त अडियोलाई प्रमाणित गर्न राणाले नै प्रहरीमा उजुरी दिइसकेको उनले उल्लेख गरे ।
“उहाँ (आरजु राणा)को केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन,” उनले भने, “यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भनेर विश्वास छ ।”

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट