May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

महिलाहरु चुप लागेर बस्ने होइन,आवाजलाई बुलन्द बनाएर आउनुस् : उपसभामुख राना

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १६:५३
महिलाहरु चुप लागेर बस्ने होइन,आवाजलाई बुलन्द बनाएर आउनुस् : उपसभामुख राना
  • संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुस् 
  • एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन
  • महिला अधिकारको आवाजलाई सशक्त किसिमले उठाउनुपर्छ 

काठमाडौं ।। 

उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित लैंगिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समावेशी विकास हुनुपर्नेमा जोड दिइन् । “संविधानको धारा ३८ को ५ अनुसार महिलाहरूलाई ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । सरकार भनेको सम्पूर्ण जनताहरू हुन् ।

जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन,” उनले भनिन् ।उपसभामुख रानाले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको टिप्पणी गरिन् । महिला अधिकारको आवाजलाई सशक्त किसिमले उठाउनुपर्ने उनको भनाइ छ । “महिला हिंसासम्बन्धी मात्रै धेरै कानुन बनेका छन् । तर, एउटा पनि कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन, आवाज बुलन्द हुनुपर्छ । सरकारमात्रै होइन, हामी सबै एक भएर काम गर्नुपर्छ,” रानाले भनिन् ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।