पूर्वगृहमन्त्री रवि लामिछाने सिमलताल दुर्घटनाबारे बुझ्न घटनास्थलमा पुगेका छन्।
मंगलबार बिहान उनी घटनास्थल भरतपुर महानगरपालिका- २९ सिमलतालमा पुगेका हुन्। त्यहाँ पुगेर रविले सुरक्षाकर्मीहरूसँग घटनाबारे विवरण लिएका छन्।
उनले सुरक्षाकर्मीहरूलाई माैसम र नदीकाे बहाब हेरेर मात्र उद्धारमा खटिन सुझाव दिए। लामिछाने साेही निर्वाचन क्षेत्रका प्रतिनिधि हुन्।