May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उर्लाबारीमा छुरा प्रहार गरेर युवकको हत्या

  • साझा परिवेश
  • बुधबार, साउन १६, २०८१ १0:५६
उर्लाबारीमा छुरा प्रहार गरेर युवकको हत्या

मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर मंगलबार साँझ युवकको हत्या गरिएको छ। प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको हो। उनीमाथि उर्लाबारी-५ मा साँझ ६ बजेतिर छुरा प्रहार भएको जानकारी प्रहरीले दिएको छ।

गम्भीर घाइते दाहाललाई उर्लाबारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उपचारका क्रममा चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेका हुन्।

घटना सुवास तामाङको घरमा भएको उनले बताए। तामाङले नै दाहाललाई छुरा हानेको हुनसक्ने बस्नेतले बताए। उनका अनुसार आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको खुलेको छ। घटनापछि उनी फरार छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले खोजी तीव्र बनाएको छ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए। व्यक्ति हत्या गरेर जेल परेका उनी कैद सजाय भुक्तान गरेर केही दिनअघि मात्रै छुटेको जानकारी बस्नेतले दिए। उनका अनुसार दाहाल कसरी तामाङको घरमा पुगे र के कारणले घटना भएको हो भनेर यकिन भइसकेको छैन। घटनामा तामाङको मात्रै कि अरूको पनि संलग्नता छ भनेर खुल्न बाँकी रहेको डीएसपी बस्नेतले बताए। उनका अनुसार अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने छ।

  • साझा परिवेश
  • बुधबार, साउन १६, २०८१ १0:५६

प्रतिक्रिया

नेपाल अपडेट