May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० ११:४७
अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी
  • नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको गभर्नरको भनाइ 
  • सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने
  • अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने बताए । डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनको दाबी छ ।

नेपालमा डिजिटलाइजेसन प्रणालीको विस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गौरव गर्नुपर्ने बताए । आम नागरिक पनि चाँडै डिजिटल पेमेन्टमा जानुपर्ने बताएका उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने धारणा राखे ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।