May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

  • साझा परिवेश
  • आइतवार, भदौ ९, २०८१ १0:३८
झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

झापाको गौरीगञ्ज गाउँपालिका-५ को चिल्हारा बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिब ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । उनको अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागी भइरहेको भनी स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा प्रहरी टोली खटिएर स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा राति १।३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

  • साझा परिवेश
  • आइतवार, भदौ ९, २०८१ १0:३८

प्रतिक्रिया

नेपाल अपडेट