April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ १३:१0
कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम

काँग्रेस–एमाले गठबन्धन सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार रातीनै पदबाट हटायो । केपी ओली नेतृत्वको गठबन्धन सरकार बनेदेखि नै जसरी भएपनि कुलमानलाई हटाउने तयारीमा थियो सरकार । अन्ततः सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले कुलमानको कार्यकाल ५ महिना जति बाँकी रहँदै पदबाट हटाएरै छोड्यो । उनलाई हटाएसँगै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री दीपक खड्काको धोको पूरा भएको छ । कुलमानलाई हटाउने बित्तिकै सरकारले सोमबार नै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ । तर सरकारको यो निर्णय सरकार आफैलाई भारी परेको छ ।
सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, डिला संग्रौला लगायतले आफ्ना सामाजिक संजालमा लेखेर कडा विरोध जनाएका छन् । यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतले सरकारको विरोध गर्दै नालायकको संज्ञा दिएका छन् । उता सोमबार राति नै फेसबुक लाइभमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि साङ्केतिक विरोध गरेका छन् । लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बालेका छन् । त्यस्तै कलाकारहरु मनोज गजुरेल, केदार घिमिरे, लेखक अनुप भट्टराई लगायतले सरकारको निर्णयको विरोध जनाएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ १३:१0

प्रतिक्रिया

नेपाल अपडेट