May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:११
सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवा प्रभावित भएको छ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा मंगलबार फर्किएपछि समस्या आएको हो।अहिले प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ। ६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले ०८० भदौ १७ गते न्युरोलोजिस्ट डा.ओमबिक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो। जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन्। अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन्।

त्यस्तै, पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टरद्धय ओमबिक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएका छैनन्। जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।