

चैत २० गते दिउँसो पौने २ बजे सुनसरीको कोशी गाउँपालिका ७ मुसहरी टोलका कुशेश्वर सदाकी ४ वर्षीया छोरीको घर अगाडि खेल्ने क्रममा अपहरण भयो । ४ बर्षीय बालीकालाई अपहरण गरी लैजाने अपरिचित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले घटना घटेको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार समेत गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका १२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह हलुवाईृ रहेका छन ।
चैत २० गते दिउँसो पौने २ बजे सदाकी छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारीमा चढाई अपहरण गरी लगेको भनी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले खोज तलासको क्रममा चैत २१ गते कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
