April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ २१:३३
हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ

हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका(२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार २०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस(५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरेका थिए। हत्या गरेपश्चात तेली फरार थिए।

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ ९१० बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।

हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए। उनलाई २०८१ चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो। तेलीलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ २१:३३

प्रतिक्रिया

नेपाल अपडेट