त्रिभुवन माविका प्रधानाध्यापक राजेश्वर प्रसाद साहका अनुसार दुई वर्षदेखी स्थानीय पाठ्यक्रम लागु गर्ने हल्ला र मिडियाबाजी भएपनि हालसम्म पाठ्यक्रम र पुस्तक नदिएकाले अन्दाजकै भरमा पढाउनुपरेको छ ।

एउटा विषय स्थानीय लागु गर्ने भनिएकोमा २०७९ मा आफ्नै मनले प्रश्न बनाएर र शिक्षकको बलबुताले भ्याए अनुसार पढाउदै आएको साहको भनाई छ ।

भगवती माविका शिक्षक एवम् नेपाल शिक्षक संघका सुनसरी अध्यक्ष बेनु सिग्देलले विद्यालयमा हालसम्म स्थानीय पाठ्यक्रम र पुस्तक नआएकाले पढाउन समस्या भएको बताउनुभएको छ । उहाँले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म एक सय पूर्णांकको स्थानीय पाठयक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको भएपनि इनरुवा नगरपालिकामा त्यसको कार्यान्वयन नभएकोले विद्यालयहरु अन्यौलमा रहेको गुनासो गर्नुभयो ।

सिग्देलले कानुनी व्यवस्था अनुसार कक्षा १ देखि पाँचसम्मको सामाजिक अध्ययन, शारीरिक शिक्षा र सृजनात्मक कला विषयमा २०÷२० प्रतिशत भाग स्थानीय पाठ्यक्रम लागू गर्नसक्ने व्यवस्था छ । बाँकी ८० प्रतिशत भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमका आधारमा अध्ययनअध्यापन गराइनेछ।

सिविल मिडिया एण्ड रिर्सच सेन्टरले स्थानीय पाठ्यक्रम निर्माण गरि स्विकृत समेत गराएर पाठपुस्तक निर्माण गरेर एकप्रति प्रकासन गरेर २०७९ कार्तिकमै जिम्मा लगाएको भएपनि स्थानीय पुस्तक नछापेकाले समस्या भएको बुझिएको छ ।

सेन्टरका सञ्चालक विरेन्द्र केएमले आफूहरुको जिम्मको काम पाठ्यक्रम निर्माण र पुस्तकको कपि इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेकाले छाप्ने काम नगरपालिकाले गर्नुपर्ने प्रतिकृया दिनुभयो । यता इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीय पाठयक्रम निर्माण भएको तर छपाई नभएकाले त्यसमा आफू लागिपरेको प्रतिकृया दिनुभयो । इनरुवा नगरक्षेत्रमा ३० वटा सामुदायिक विद्यलाय रहेको छ ।

स्थानीय पाठयक्रम र पुस्तकको अभावमा पढाई प्रभावित भएको विषयमा विद्यालय व्यवस्थापन समिति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष जयकृष्ण यादवले तत्काल स्थानीय पाठयपुस्तक छापेर विधार्थीको हातमा पुर्याउनका लागि आग्रह गर्नुभएको छ । यादवले पुस्तकको प्रति समेत नगरपालिकाले पाएको अवस्थामा प्रशासनको काम ढिलाई गर्नु भनेको बालबालिकाहरु माथि अन्याय गरे सरहको भएकाले नगरप्रमुख भण्डारीलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।
स्थानीय पाठ्यक्रममा इनरुवाको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहास, स्थानीय सीप र प्रविधि, स्थानीय पर्यटन र स्थानीय खेलका विषय समावेस छन् । जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, स्थानीय संस्कार, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा पाठ्यक्रममा समावेस छन् । स्थानीय पहिचानबाहेक पाठ्यक्रममा स्थानीय व्यवसाय, सीप र प्रविधि, स्थानीय उपचार विधि, स्थानीय खेल, स्थानीय पर्यटन लगायतका पाठ पनि समेटिएका छन् ।