April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ 0९:२९
अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

अब ट्राफिक नियम उल्लङ्घन गरेपछि प्रशिक्षण लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने समस्या अन्त्य हुने भएको छ। अबका दिनबाट मापसे पर्दा लज्जित भइभइ सचेतना कक्षा धाइरहनु पर्ने झन्झटबाट कम्तिमा मदिरा पिउनेहरुलाइ छुटकारा मिलेको छ ।
नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अब केही सातामै नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ। ज्ञान बजारले तयार पारेको सफ्टवेयर नागरिक एपमा लिंक गरिएको छ र आन्तरिक परीक्षण समेत सम्पन्न भइसकेको छ।

अनलाइन लाइभ कक्षा हेर्न मिल्ने गरी एप अपडेट गरिएको छ। सेवा सुरु १० वैशाख पछी गर्ने गरि कार्यतालिका तोकिएको छ। कक्षामा सहभागीको नाम र मोबाइल नम्बर एपले भेरिफाई गर्नेछ भने चिट नम्बर नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ।

ज्ञान बजारको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी कक्षा नबसेको वा अर्कैले बसेको स्थिति पत्ता लगाउनेछ। बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयबाट सेवा सुरु गरिने तयारी छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ 0९:२९

प्रतिक्रिया

नेपाल अपडेट