April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं 

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ २१:३७
‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं 
चैत १५ गते राजावादिको प्रदर्शनलाई हिंसात्फमक बनाएर फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन्।

उनले भनेका छन्, ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु।’

उनले आफू नभागेको र अहिले जोगिएर बसेको मात्र बताएका छन्। उनले भने, ‘म भागेको होइन। जोगिएको मात्र हुँ । म रहे भने यो अभियान सफल हुन्छ। यदि म रहिन भने यो अभियान त्यतिकै सकिन्छ।’

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ २१:३७

प्रतिक्रिया

नेपाल अपडेट