April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:४८
१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर नौ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आज २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १७:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट