April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

  • साझा परिवेश
  • शनिबार, चैत्र ३०, २०८१ २३:0२
ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

शनिबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशन थियो । अधिवेशनमा सहभागीहरूले आफ्नो कार्यक्रम स्थलमा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरी प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन्। सहभागीहरूले ‘तानाशाह चाहिँदैन दमन गर्न पाइँदैन , न्यायालय निष्पक्ष होस् , प्रहरी प्रशासनमा राजनीति आदेश बन्द गर , ओली गुन्डाराज चल्दैन , विधिको शासन कायम गर , जनता अब जाग्नेछन् निरङ्कुश भ्रष्ट भाग्नेछन् ’ जस्ता नारा लगाएका हुन् ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचेतक निशा डाँगी , प्रदेशका कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश महामन्त्री लालविक्रम थापा , कोशी– काठमाडौँ सम्पर्क समिति सभापति राजन गौतम , झापाका सचिव शम्भु सुस्केरा , सहसचिव भीम कुँवर , कोषाध्यक्ष पुष्प ढकाललगायत क्षेत्र र पालिकाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । आफूहरूले यसअघि नै शिवसताक्षी नगरपालिकामा अधिवेशन तय गरिसकेकाले प्रधानमन्त्रीलाई विरोध गर्न आज दमक जान नपाएपछि आफ्नै कार्यक्रममा सांकेतिकरुपमा विरोध जनाइएको कार्यवाहक सभापति पाठकले जानकारी दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ३०, २०८१ २३:0२

प्रतिक्रिया

नेपाल अपडेट