April 21, 2024 | आइतवार, बैशाख ९, २०८१
सुचनाहरु
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा शेयर बजार १२ अङ्कले बढ्याे लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड विकल पौडेलविरुद्ध मुद्दा दायर उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना : नौजनाको मृत्यु सुनको मूल्य स्थिर काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै अस्वस्थ, आज १६३ एक्यूआइ मापन एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ हिउँ पहिरोले वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा पानीको उच्च बहाब भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

एसईईको तयारी अन्तिम चरणमा, यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:00
एसईईको तयारी अन्तिम चरणमा, यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो ।

काठमाडौँ उपत्यकाको हकमा २२,२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।