बैशाख १ गते कालीगण्डकीमा नुहाउन गएकी बिष्णुलाई भिडीयो बनाउदै गर्दा नदीले बनाएको छ । ३८ वर्षीया विष्णु पन्त कुश्मा नगरपालिका–५ मोदीवेणीमा रहेको कालीगण्डकी नदीमा नुहाउन गएकी थिइन् । नुहाइसकेपछी उनले खोलामा गएर टिकटक भिडीयो बनाउदै थिइन् तर त्यहीबेला उनलाई खोलाले बगायो ।
‘महिलालाई बगाएको खबर आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको टोली मोदीवेणी पुग्यो । त्यहाँबाट खोज्दै तलतर्फ जाने क्रममा उनि मृत अवस्थामा भटीइन् । लुंखुदेउराली घर भए पनि कास्की आमरसिंहचोकमा बस्ने बिष्णु पन्त कुश्मास्थित दिदीको घरमा आएकी थिइन् । उनी आफ्नो छोरा र दिदीसहित कालीगण्डकी स्नान गर्न पुगेकी थिइन् । तर नयाँ बर्षको दिन नै उनको अन्तिम दिन हुन पुग्यो । भिडीयो उनलाई नदीले बगाएपछी छोराले मम्मी भन्दै बोलाएको चिच्याहट पनि सुनीन्छ ।
हिन्दु धर्मावलम्बीका लागि कालीगण्डकी र मोदी नदीको संगम स्थान मोदीवेणी दिव्यधाम पवित्र मानिन्छ । त्यहँ नुहाउन जाने भक्त्तजनको घुँइचो लाग्छ । तर त्यही पवित्र धाममा नदीले बगाउदा बिष्णुको ज्यान गएको छ ।