April 1, 2023 | शनिबार, चैत्र १८, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे एमाले सचिवालय बैठकमा छलफल हुदै

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ ११:२४
मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे एमाले सचिवालय बैठकमा छलफल हुदै

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले आज बिहान ११ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।

उनकाअनुसार परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेका थिए। उनी आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन्। तर प्रधानमन्त्रीको आदेशपछि उनी त्यसतर्फ गइनन्।

एमालेले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल गर्ने भएको छ।

पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल हुने जानकारी दिए।

 

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट