धरानका चर्चित मेयर हर्कराज साम्पाङले अब आफ्नो अभियानलाई नयाँ मोड दिने घोषणा गरेका छन्। उनले हर्क साम्पाङ “A Revolution Team” नामक संगठनलाई देशभर फैलाउने र यसकै माध्यमबाट नयाँ राजनीतिक दल गठन गर्ने बताएका छन् ।यो बारेमा, उनले आफ्नो सामाजिक संजाल फेसबुक बाट जानकारी दिएका छन् ।
“अब देशै भरि हर्क साम्पाङ “A Revolution Team बनाउने !” भन्दै उनले सार्वजनिक अपिल गर्दै भनेका छन् , “मलाई मन पराउने, मेरो विचार र काम मन पराउने सबैलाई जोडिन अनुरोध गर्छु।” साम्पाङले थपे, “अब म नेतृत्व दिन्छु, अरुले सक्दैन, जान्दैन। देशको माया लाग्छ भने जोडिनुहोस्।”
राजनीतिलाई पुराना ढर्राबाट हटाएर जनताको आवाज बोल्ने दल बनाउने उनको योजना रहेको छ।
केहिदिन अगाडि कुलमान र हर्कको तस्विर समेत सार्वजनिक भएको थियो जसका कारण कुलमान पनि यो अभियानमा जोडिन सक्ने सम्भावना रहेको छ ।