April 1, 2023 | शनिबार, चैत्र १८, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:४४
डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेको छ ।

फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेको हो ।

अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ गर्न तयारी भएको ट्रम्पको तर्क रहेको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावताका ट्रम्पका सहयोगी माइकल कोहेनले १ लाख ३० हजार डलर स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारलाई दिएकोमा पक्राउ हुने चर्चा आएसँगै ट्रम्पले यो पोस्ट गरेको हो ।

अलजजिराका अनुसार म्यानहटनका अभियोजनकर्ताले ट्रम्पलाई पक्राउ गरेर कारबाही गरे कारबाही भोग्ने उनी प्रथम पूर्व अमेरिकी राष्ट्रपति हुनेछ ।

यसै बीचमा चर्चित धनाड्य तथा ट्विटर मालिक एलन मक्सले ट्रम्प पक्राउ गरिए उनले व्यापक मतान्तरले जित्ने दाबी गरेका छन् । उनले फक्स टिभीमा बोल्दै यस्तो भनेका हुन् ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट