May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १६:४४
कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?
  • जयकिशनले फेसबुकमा एउटा स्टाटस लेखे
  • उक्त क्लिप्स  ‘भाइरल’ बन्यो 
  • अत्यधिक तथानाम गाली पनि आयो 

काठमाडौं ।।

कलाकार जयकिशन बस्नेतले दुई दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे – ल है, म पनि विदेशतिरै…। स्वदेशमा रोजगारी छैन, विदेश जानुबाहेक अरू विकल्प रहेन नेपालीहरूको । बिचरा हामी…। 

सेतो रौँ…

प्रतीक्षा गर्नुहोला, धमाधम सुटिङ हुँदै छ । 

सामाजिक सञ्जाल प्रयोगकर्तालाई लाग्यो, हो न हो जयकिशन विदेश नै गएछन्, नेपाल छोडेर । त्यसमाथि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँधमा रहेको झन्डा र शिरको टोपी फ्याँकेको ‘क्लिप्स’ बाहिरिएपछि त सामाजिक सञ्जाल प्रयोगकर्तालाई जयकिशनलाई गाली गर्न कसले रोक्ने ?

फेसबुकसहितका सामाजिक सञ्जालमा उक्त क्लिप्स चलनचल्तीको भाषामा ‘भाइरल’ भयो । जतिजति भिडियो भाइरल भयो, त्यति नै जयकिशनलाई तथानाम गाली गरियो । तर, न जयकिशन नेपाल छोडेर विदेशिएका हुन् न त उनले मनदेखि रहरले नेपालको झन्डा र ढाकाटोपी फ्याँकेका नै हुन् । त्यसो भए भिडियो ?  गीतको सुटिङ थियो । स्टाटसमै उनले स्पष्टै खुलाएकै छन्, गीतको बोल लेखेर । र, सुटिङ भनेर । बुझ्दै नबुझी गाली गर्नेको ‘सिकार’ बने उनी । पीडित बने जयकिशन।

“वास्तवमा हाम्रो समाज यति धेरै सतही र नकारात्मक भइसक्यो, बुझ्दै नबुझी गाली गर्छ । अर्काको आत्मसम्मानमा चोट पुग्ने गरी बोल्छ र लेख्छ,” जयकिशन सँग भन्छन्, “मलाई अहिले पनि कतिले अमेरिकामा छ भनेर म्यासेन्जरमा कल गरिरहनुभएको छ, सामाजिक सञ्जालमा गाली गरिरहनुभएको छ । तर, म नेपालमै छु । काम गरिरहेको छु ।”

पछिल्लो समय जयकिशन हम्मेसी म्युजिक भिडियोमा काम गर्दैनन् । भलै, दिनकै अफर आउने गरेको उनी बताउँछन् ।केही दिनअघि उनलाई एउटा अफर आयो । गीत थियो टीका पुनको । बोल– सेतो रौँ…।  गीतले राजनीतिबाट आक्रान्त बनेको नेपाली समाजको कथा भन्थ्यो । नेता तथा मन्त्रीका छोराछोरीलाई नेपाल नै चैन तर आमजनता अवसरका हिसाबले बस्नै नसक्ने अवस्थामा पुगेको कथा गीतमा थियो ।

गीतको कथा सुनेर जयकिशनलाई लाग्यो– हो त, यो त हाम्रो समाजले भोगिरहेको समसामयिक अवस्था हो । जनताको पीडा हो । अनुभूति हो । म्युजिक भिडियो भएर के भयो त ! कलाकारको नाताले समाज के हो देखाउने र भत्कँदै गएको समाजलाई खबरदारी गर्ने दायित्व मेरो पनि त हो । त्यसैले उनले ‘हुन्छ’ भने । र, सुरु भयो तीन दिनअघि काठमाडौंमा सुटिङ ।

“गीतमा मन्त्री र नेताहरूले देश लुटे, पैसा र कमिसन पाएपछि देश पनि बेच्छन् भन्ने आशय छ । मेरो नेगेटिभ रोल छ । म मन्त्रीको छोरो हुन्छु । बाउको पावरमा पुलिस कुट्ने, रेस्टुरेन्टमा गएर केटीहरूलाई अभद्र व्यवहार गर्ने तर पनि कसैले केही नगर्ने क्यारेक्टर छ,” जयकिशन भन्छन्, “अहिले देशमा पनि यस्तै छ । हत्या, सुन तस्करी तथा दुई नम्बरी धन्दामा नेताका छोराहरू मुछिएका छन्, तर उनीहरूलाई कारबाही केही हुँदैन ।”

सामाजिक सञ्जालमा गाली र विरोध राजनीतिक दलका ‘साइबर सेना’ले गरेको उनको बुझाइ छ । “जानाजान पनि दलका साइबर सेनाले गाली गरिरहेका छन् । झन्डा र टोपी फालेको मात्रै क्लिप्स राखेर भाइरल बनाइएको छ । तर, सँगै त्यसरी फालिएको झन्डा र टोपी टिपेर पुनः लगाइदिएको काटेर फालिएको छ,” उनी भन्छन्, “यो त नियतवश भएन र ?”

दलहरूमा ‘साइबर सेना’को काम गर्ने आफूले चिनेका साथीहरू नै रहेको उनी बताउँछन् । उनी अगाडि थप्छन्, “उनीहरूको काम नै आफ्नो नेताको पक्षमा आयो भने फेवरमा जयजयकार गर्ने, विरोधमा आयो भने अरिंगालझैँ खनिने गर्छन् । म पनि तिनै साइबर सेनाको आक्रमणमा परेँ ।” नियत नै खराब भएपछि गाली गर्नबाट रोक्न नसकिने उनको अनुभव छ । उनले फ्याँकेको झन्डा उठाएर ढोगेर ‘जनताको छोरा’ले छातीमा टाँस्छ र टोपी लगाएर विदेश जाने दृश्य गीतमा छ । तर, त्यो क्लिप्स किन राखिएन भन्नेमा उनको असन्तुष्टि छ ।

छायांकन सकिइसकेको गीतमा जयकिशनसँगै टीका पुन, भगवती खड्का, देशभक्त खनाल, डीआर सुजनलगायत कलाकारको अभिनय छ । आउँदो बुधबार भिडियोसहित उक्त गीत सार्वजनिक गरिँदै छ । “यही गीतले मलाई गाली गर्नेलाई जवाफ दिनेछ । गीतको शब्द, मर्म र भिडियो आफैँ बोल्नेछ,” जयकिशन भन्छन्, “त्यसो त आज बिहान उठेर म्यासेन्जर हेर्दा म आफैँ पनि छक्क परेको थिएँ । बुझ्दै नबुझी गाली गरेछु, सरी भनेर ५० भन्दा धेरै म्यासेज आएका थिए ।”

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।