May 3, 2025 | शनिबार, बैशाख २१, २०८२
सुचनाहरु
सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर    कक्षा १२ को परीक्षा बैशाख २१ देखि नै हुने  केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ  सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने  गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा  सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ      ३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा

हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ २0:२४
हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी

धरान–११ को सडक निर्माण विवाद मिलाउन पुगेका मेयर हर्क साम्पाङको उपस्थितिमा नागरिक सन्तोष लिम्बू कुटिएपछि प्रहरीमा उजुरी परेको छ। नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयर साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र समर्थक ‘चङ्खे’ उर्फ जोन लिम्बूविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेका हुन्।

२० लाखको सडक बजेट विभाजनमा असन्तुष्टि भएपछि विवाद चर्किएको थियो। मंगलबार स्थलमा पुगेका मेयर साम्पाङले समाधानभन्दा झन विवाद चर्काएको लिम्बूको आरोप छ। भनाभनका क्रममा साम्पाङले “तपाईं के गर्नुहुन्छ?” भन्दै हैसियत माथी प्रश्न गरेपछि समर्थकले कुटपिट गरेको लिम्बूको भनाइ छ।

लिम्बू माओवादी कार्यकर्ता समेत हुन्। मेयरकै अगाडि कुटिनु लज्जास्पद भएको भन्दै उनले जाहेरी दिएका छन्। समर्थक आक्रामक हुँदा पनि मेयर मौन बसेको उनले आरोप लगाएका छन्।

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ २0:२४

प्रतिक्रिया

नेपाल अपडेट