May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १६, २०८० 0९:११
मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

धरान । वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

बैठकमा नगरप्रमुख (मेयर) हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच विवाद भएपछि बैठक केही समय रोकिएको थियो । हिजो दिउँसो बसेको बैठकमा सहमति जुटेको हो । कार्यपालिका बैठक सकिएपछि नगरसभा बैठक सुरु भएको छ ।

कार्यपालिका बैठकमा उपमहानगरपालिकाका विभिन्न वडागत र महाशाखागत बजेट रकमान्तरण (संशोधन) प्रस्ताव पेश गरिएको थियो । त्यस्तै गत वैशाख ३१ गतेको कार्यपालिका बैठकबाट स्वीकृत खरिद गुरुयोजनालाई संशोधन गरेर योजना तथा इन्जिनियरिङ महाशाखाबाट तयार भई पेश भएको संशोधित खरिद गुरु योजना स्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो । त्यस्तै न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन पनि संशोधन प्रस्ताव गरिएको थियो ।

बैठकमा उपप्रमुख बेघाले विभिन्न विषयगत समितिबाट आएका प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा प्रमुख राईले आफूलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएपछि विवाद उत्पन्न भएको थियो । प्रमुख राईले आफ्नो जानकारी बिना आएको प्रस्ताव स्वीकार्य नहुने बताएपछि उपप्रमुख बेघाले कानुनबमोजिम र प्रक्रियाअनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई पेश गरिएको बताए ।

कार्यपालिकाबाट पारित भएका विषयमा नगरसभामा छलफल जारी रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १६, २०८० 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।