September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ

  • साझा परिवेश
  • बिहिबार, बैशाख १२, २०८२ १९:१५
क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ

कोशी प्रदेशका कप्तान तथा हेलिकप्टर सटका लागि चर्चित क्रिकेटर सिद्धान्त लोहनी दुई वर्षअघि जनकपुरमा भएको खेलमा गम्भीर घाइते भएका थिए। सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए । त्यसयता उनले पाँचपटक सर्जरी गराइसकेका छन्, तर अझै पूर्णरूपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्।
नेपालका तर्फबाट सन् २०१५मा अन्तराष्ट्रिय क्रिकेटमा डेव्यु गरेका सिद्दान्त लोहनीले आफ्नो डेव्यु खेलमा नै हेलिकप्टर सट प्रहार गरेर चर्चा कमाएका थिए ।
आफ्नो स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत आफूलाई नेपाल क्रिकेट संघ (क्यान)ले कुनै सहयोग नगरेको भन्द्यै पोखेपछी बल्ल क्यानले लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।
भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएका उनको उपचार अझै जारी छ । अहिले उनी थेरापी गरिरहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १२, २०८२ १९:१५

प्रतिक्रिया

नेपाल अपडेट