April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

तत्काल दूधको मूल्य नबढाउन निर्देशन

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १९:२६
तत्काल दूधको मूल्य नबढाउन निर्देशन

काठमाडौँ – राष्ट्रिय दूग्ध विकास बोर्डले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको हो।

लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए।

तर आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका पदाधिकारीहरुको बैठकले अध्ययनमार्फत उचित मूल्य कायम गर्ने भन्दै बढेको मूल्य घटाउन निर्देशन दिएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

बोर्डले दूध उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्ति समेतका आधारमा नयाँ मूल्य कायम गर्ने जनाएको छ।

निर्देशक यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दुग्ध उद्योगहरुले मिति २०७२।०९।१६ गतेदेखि लागु हुने गरी दूधको मूल्य (खरीद र विक्री) वृद्धि गरेको सम्बन्धमा मिति २०७२।०९।१७ गते श्रीमान् सचिव (कृ. तथा प. वि. मन्त्रालय एवं उपाध्यक्ष रा. दु.वि. बोर्ड) ज्यूको उपस्थितिमा सरोकारवाला निकायहरुवीच बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरी दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तबरबाट यथाशिघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएकोले सोही बमोजिम गर्न/गराउन हुन सम्बन्धित सबैमा अनुरोध छ।’

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट