

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न चैत्र २० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, […]
अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ अर्थमन्त्री पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । […]
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतले वीर अस्पताल ध्वस्त बनाएको आरोप लगाएकी छिन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले वीर अस्पतालमा रहेका विभिन्न अभावहरूको तथ्यांक प्रस्तुत गर्दै वीर अस्पतालमा तत्काल स्वास्थ्य जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न माग गरिन्। पूर्वस्वास्थ्यमन्त्री बस्नेतप्रति इंगित गर्दै उनले भनिन्, ‘यसअघिका स्वास्थ्यमन्त्रीले वीर अस्पताललाई ध्वस्त […]
सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा गह्रुंगा भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन्। ‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ। नेपाली […]
डाका गिरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरूङ रहेका छन् । उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान […]
गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।
आज प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए । कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको भन्दै आक्रोश जनाए । गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद […]
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धको मृत्यु भएको छ। शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो। उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ती बृद्ध धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीय लक्ष्मी […]
विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने,’विद्यार्थीलाई राष्ट्रिय […]
सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ। संवैधानिक परिषदको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]
झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ […]