

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विशेष […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा आयाेजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिएका हुन्। ‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले […]
ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दावी गरेका छन् ।माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या समाधान गर्ने कठोर कदम चाल्नुपर्ने बताएका छन् । कमजोरी गर्ने र मापदण्ड विपरीत काम गर्ने सहकारीलाई ‘सिस्टम’ मा ल्याउनैपर्ने उनको भनाई रहेको छ । ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले सहकारी गठन र दर्ता कसरी गरियो भन्ने पनि चासोको विषय […]
काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताएका छन । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले नेपाली पोशाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरुले गर्ने बताए । […]
वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटर ब्याजलगायतका ऋणहरु मिनाहा गर्ने कार्यक्रम ल्याउने बताएकी छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वडास्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी हुन् । ‘अति विपन्न महिलाहरुको लागि चाहिँ वडास्तरबाटै मिटरब्याज […]
पाल्पामा पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजना पक्राउ परेको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । १३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा […]
निर्माण व्यवसायीले सम्झौता अनुरुपको गुणस्तरीय काम नगरेकोमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरेका छन् । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको पनि बताएका छन् । हेटौंडा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान […]
गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट एक जना पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन्। गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र सवारी साधन नचलाउन र शव गाड्न वैकल्पिक स्थान खोज्न आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको हो । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न […]