

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापा । ‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ। आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् […]
नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ। अनधिकृत तवरले स्थानीय […]
साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य इतिहासकै उच्च भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २१ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार १ लाख ३० हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको […]
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा […]
काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्न इजाजत दिएको वा नदिएको भन्ने विषयमा छानबिन गर्न छानबिन समिति बनाएको छ । गृह मन्त्रालयले सो विषयको छानबिनका लागि समिति बनाएको हो । मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको छ । मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उपसचिव एकदेव […]
सिरहा । सिरहामा परीक्षा संचालन भएको १० मिनेट नवित्दै एसईई परीक्षाको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो । निजी विद्यालयहरूले फ्लाप बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल […]
झापा । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा गएराति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका लागि आर्मीसँग भिडने भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। […]
नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम बहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध भएका छन् । बिहीबारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्द सत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ । नेकपा एमाले झापाका जिल्ला स्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा […]
धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए […]
काठमाण्डौ – नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आज शुरु हुँदैछ । तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ । यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो […]
काठमाण्डौ – देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश, […]