

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले बताएको छ । महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको भनिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले थप अुनसन्धान गर्न ४ दिनको म्याद दिएको हो। सरकारी वकिल कार्यालयले ७ दिनको म्याद थप्न माग गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई सोमबार रुपन्देहीबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई […]
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत दल दर्ताको निर्णय भएको जानकारी दिएका छन् । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी […]
हाल प्रदेश नं २ एमालेमय भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरे सगै प्रदेश एमालेमय भएको हो । सोमबार मुख्यमन्त्रि यादवले नेपाली कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा एमालेलाई सरकारमा सामेल गराएका हुन् । मधेसमा कांग्रेसका तीन मन्त्री थिए । एमालेबाट संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधार […]
सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले नेपालको बजेट कम भएको बताएका छन् । उनले बजेटको आकार बढाउनुपर्ने बताएका हुन । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्तावबाहेकका सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनताका आवश्यकता पूरा गर्न बजेटको आकार बढाउनुपर्ने बताउँदै […]
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको हो । आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त […]
दुई दिनयता देशका विभिन्न ३७ स्थानमा डढेलोका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङ, धनुषा, रामेछाप, भक्तपुर, ललितपुर तनहुँ, कास्की, म्याग्दी र कपिलवस्तुका विभिन्न स्थानका जङ्गलमा डढेलोका घटना भएका हुन् । घटनामा मानवीय क्षति नभए पनि एक घरमा क्षति पुगेको छ । […]
राजीव गुरुङ दीपक मनाङेले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । उनिहरुले गृहमन्त्री लामिछानेको राजिनामको माग गरेका छन् । साथै हालको सरकार सुन तस्कर र सहकारी ठगको गठबन्धन भन्दै नारावाजि गरेका हुन । तत्कालै प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको पाइएको छ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ परेका छन । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेका कथित अभियान्ता भनिने दुर्गा प्रसाइका वडीगार्ड पक्राउ परेका हुन । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिएका छन् […]
गुरुचेलाको सम्बन्ध रहेका माओवादी नेता कृष्ण बहादुर महरा र नेकपाका महासचिव विप्लवबिच जम्काभेट भएको । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौँ ल्याइदै गर्दा एयर पोर्टमा भेट भएको हो । रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको छ । जसअनुसार प्रहरी नियन्त्रणमा रहेका महराको भैरहवा विमानस्थलमा नेकपाका […]