

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मन्त्रिपरिषद् किन समावेशी नभएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको हाम्रो क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुने कुरा पनि म प्रष्ट गर्न चाहन्छु ।’ […]
प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन्। प्रतिनिधिसभाका जवाफ दिँदै उनले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नम्बर ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी […]
सहकारी प्रकरणमा प्रहरीको नै रविमाथि अनुसन्धानमा गर्नु नपर्ने भनाई रहेको स्पष्टीकरण दिएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु अध्ययन गर्ने कोसिस गरेको भन्दै उनले भनेका छन् , ‘हालसम्म अनुसन्धानले उहाँ […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीना दिनुनै पर्ने संसदमा नेपाली कांग्रेसले अडान राखेको छ । मंगवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दीपक गिरीले सहकारी ठगीमा प्रकरणमा अनुसन्धान भइरहेकै व्यक्ति गृहमन्त्री बनेपछि निष्पक्ष अनुसन्धानमा आशंका बढेको बताएका छन् । उनले भनेका छन् , उहाँमाथि प्रहरीले अनुसन्धान अघि बढाइएको थियो। सीआइबीले सहयोग गरिरहेको थियो। तत्कालिन गृहमन्त्रीले छानविन […]
नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान नेरी थापामगरले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेकी हुन् । “आज म राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु । यो १७ वर्ष लामो उत्कृष्ट क्रिकेट यात्रा थियो । जहाँ उतारचढाव दुवै भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, […]
अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी […]
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रूपैयाँले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको […]
काठमाडौँ । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा उनको गएराति आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को […]
अर्जुनधारा । जंगली हात्तीले झापाको अर्जुनधारामा धनमालमा क्षति पुर्याएको छ । आज बिहान ४ बजेको समयमा आएको एउटा हात्तीले अर्जुनधारा १ मदनपुर र वडा नम्बर ९ शालीन चोकमा क्षति पुर्याएको हो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने रमेश रिमालको दुई तले पक्की घरमा रहेको पसलका खाद्यान्न सामग्रीहरू खाएर २५ हजार बराबरको क्षति गरेको छ । […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न कांग्रस लागि परेको आरोप लगाएका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका हुन् ।सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको भन्दै उनले भनेका छन् , […]
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीगत कारबाहीको विषय लिएर राखिएको बैठक निस्कर्ष विहिन टुङगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको पाइएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो । तर बैठकमा केही निर्णय हुन सकेन । […]
नेपाल विद्यार्थी संघ नेविसंघले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।