

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ […]
काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर […]
काठमाडौँ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक […]
इटहरी । राष्ट्रिय वाणिज्य बैङ्क इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको छ । बैङ्कको ‘ख’ वर्गको शाखाहरू मध्ये इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको हो । बैङ्कले ५८ औ वर्ष पार गरी ५९ वर्ष प्रवेश गरेको अवसरमा उत्कृष्ट शाखाको रूपमा छनौट भएको राष्ट्रिय वाणिज्य बैक इटहरी प्रमुख वरुण कर्णले जानकारी दिए । यस्तै , इटहरी […]
काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनीबसहरुलाई मुख्य शहरी क्षेत्र (चक्रपथ)भित्र बाटो इजाजत नदिन सिफारिस गरेको छ । पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको प्रतिवेदनले बाटोको आकार तथा बाटोमा पर्ने शहरी क्षेत्रको प्रकृतिअनुसार चल्न उपयुक्त प्रकारको सवारीलाई मात्र […]
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन पनि दलहरूले चुनावको प्रचार गरेका छन् । प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् । बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ […]
संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका हुन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ । महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा […]
काठमाडौँ । देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । […]
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । सुनचाँदी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो । लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख […]
काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए । बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प […]