April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको तलब ३० बर्षमा १० गुणाले वृद्धि

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १५:२५
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको तलब ३० बर्षमा १० गुणाले वृद्धि

काठमाडौँ । देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ ।
त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । प्रधानमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार हो, जुन राजधानी बाहिर गएको दिन पाउने व्यवस्था छ । प्रधानमन्त्रीले पाउने उक्त पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार अर्थ मन्त्रालय बजेट महाशाखाबाट २०७७ साल माघ २२ गते स्वीकृत भएको हो । ३० वर्ष अघि र अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूको मासिक पारिश्रमिक र सुविधा १० गुणाले बढेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले लिने पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०४९ ले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी कानुनी व्यवस्था गरेको थियो । त्यस यताका सरकारहरूले उक्त ऐन संशोधन गर्दै २०८० साल अर्थात् हालसम्म आइपुग्दा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक १० गुणाले वृद्धि गरेको पाइएको छ । २०५० सालमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक (तलब) ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार र राज्यमन्त्रीको ६ हजार ७ सय तोकिएको थियो । त्यसबाहेक अन्य सेवा सुविधा पनि सोही अनुपातमा तोकिएको थियो । तर अहिले प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक लगायत अन्य सेवा सुविधा समयानुकूल वृद्धि गर्दा उनीहरूको पारिश्रमिक पनि बढ्न पुगेको हो ।

कार्य सञ्चालन निर्देशिका २०७७ आठौँ संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जसमा उपप्रधानमन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द,महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६४० हुन आउँछ । त्यसबाहेक उपप्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, सहसचिव सो सरहका एकजना सह स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म गरी आठ जना कर्मचारीको पारिश्रमिक पनि सरकारले नै बेहोर्ने व्यवस्था छ । त्यसैगरी मन्त्रीहरूको हकमा पनि यही क्रममा मासिक पारिश्रमिक वृद्धि भएको छ । हाल दुई जना उपप्रधानमन्त्री छन् । हालको व्यवस्थाअनुसार मन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द तथा अतिथि सत्कार ३५००,महँगी भत्ता २०००,सञ्चार सुविधा ३००० गरी जम्मा ७९२३० पाउँछन् ।

त्यसमा मासिक २०७ लिटर पेट्रोल र ७ जना कर्मचारी उनीहरूको सुविधाका लागि सरकारले उपलब्ध गराउँछ । हाल संघ सरकारमा १९ जना मन्त्री छन् । २०५० सालमा मन्त्रीहरूले अन्य सेवा सुविधाबाहेक ७ हजार मासिक पारिश्रमिक पाउने व्यवस्था थियो । पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् । त्यसैगरी राज्यमन्त्रीहरुको पनि पारिश्रमिक विगतको तुलनामा १० गुनाकै दरले बढेको देखिन्छ । ३० वर्षअघि राज्यमन्त्रीको मासिक पारिश्रमिक ६ हजार ७ सय रहेकोमा हाल ७५ हजार भन्दा बढी मासिक पारिश्रमिक पाउँछन् । राज्यमन्त्रीले हाल मासिक ६७ हजार ०३० रुपैयाँ पारिश्रमिक पाउँदा मसलन्द ३,०००,महँगी भत्ता २०००, सञ्चार सुविधा ३००० गरी जम्मा जम्मा ७५ हजार ३० पुगेको हो । त्यसबाहेक राज्यमन्त्रीहरूले मासिक २०० लि पेट्रोल, मोबिल (४० लि. वार्षिक) र ७ जना कर्मचारी पाउँछन् ।

हाल मुलुकमा सहायक मन्त्री नभए पनि उनीहरूको हकमा पनि पारिश्रमिकको व्यवस्था गरिएको छ । सहायकमन्त्रीका लागि मासिक पारिश्रमिक ६५ हजार ५३०, मसलन्द २५००,महँगी भत्ता २०००, सञ्चार सुविधाबापत ३००० पाउने व्यवस्था छ यो सबै जोड्दा उनीहरूको मासिक ७३ हजार ०३० हुन आउँछ । त्यसमा मासिक १८० लिटर पेट्रोल, (मोबिल २० लि. वार्षिक) र ७ जना कर्मचारीको व्यवस्था पनि रहेको छ । अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव धनीराम शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सेवा सुविधा २०७६ साल साउन १ गतेबाट लागु भएको हो । जसमा नियमअनुसार कर कट्टी गरेर उनीहरूको खातामा जम्मा हुँदै आएको छ ।

सो्रतका अनुसार केहि मन्त्रीहरु प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् ।

यो समाचार फडिन्द्र नेपालद्धारा लिखिल रातोपाटी बाट साभार गरिएको हो ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।