

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो । उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर […]
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि शुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ‘ए’ मा भारत, […]
काठमाडौँ । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न स्थानका विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । गोदावरी नगरपालिकाका वडा […]
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको […]
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा […]
बागलुङ — राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रसाईं उपस्थित कार्यक्रममा चप्पल प्रहार गरेको आरोपमा बागलुङ नगरपालिका-७ का ३५ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो । बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा गौतमले चप्पल प्रहार […]
काठमाडौं । रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीको अपराध महाशाखाले जनाएको छ । बुधबार पक्राउ […]
इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ। दक्षिणी सहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु […]
काठमाडौँ । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । मधेश प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज […]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो । ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान गरेको गरिएको […]
चितवन । भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यालय क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरपालिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । विद्यालय […]
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२४ अंकले घटेर बन्द भएको छ । ०.३३ प्रतिशतको गिरावटसँगै परिसूचक २१५५ अंकमा आएर रोकिएको छ । आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक कारोबार अवधिमा एक–दुई पटक बढ्ने प्रयास गरेको थियो । साढे २ आसपास परिसूचक बढेर २१६७ […]