May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

ईपीएस भाषा परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा फिर्ता

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:१६
ईपीएस भाषा परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा फिर्ता

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो ।

ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान गरेको गरिएको थियो । त्यो बेला १ लाख ६४ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् ।

धेरै व्यक्तिले एकैपटक आवेदन फारम भर्ने क्रममा अनलाइन सिस्टम नै स्लो भएको थियो । जसले गर्दा पैसा तिरेको नदेखिने तर, सिस्टमले पैसा भने काटेको थियो । कतिपयको एक पटकभन्दा बढी पटक पैसा काटेको थियो । ईपीएस कोरिया शाखाले उक्त बढी भुक्तानी भएको पैसा फिर्ता गरेको हो ।

ईपीएस कोरिया शाखाले एक पटकभन्दा बढी आवेदन शुल्क भुक्तानी भएको आवेदकहरूको बढी भुक्तानी भएको शुल्क जुन एकान्टबाट भुक्तानी भएको थियो सोही एकाउन्टमा फिर्ता गरिएको जनाएको छ । परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो एकाउन्ट चेक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यो पटक उत्पादनमूलक क्षेत्रका अहिलेसम्मकै सबैभन्दा बढीले आवेदन फारम भरेका छन् । पानी जहाज निर्माण क्षेत्रका लागि २०२३ मा आवेदन फारम भरेकाहरूलाई समेत अवसर दिएपछि आवेदन फारम भर्नेको संख्या १ लाख ६४ हजार ७१६ पुगेको थियो ।

आवेदन शुल्क २८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त संख्यामा फारम भर्दा ४६ लाख १२ हजार ४८ अमेरिकी डलर शुल्क उठेको थियो । उक्त रकमको नेपाली रूपैयाँमा हिसाब गर्दा (एक डलर बराबर १३२.९८ रूपैयाँ) ६१ करोड ३३ लाख १५ हजार ६७७ हुन आउँछ ।

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।