

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू […]
संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच […]
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च […]
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट आउजाउ गरिरहेका थिए । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका थिए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित जनजागरण सामुदायिक वनमा दशदेखि १२ वर्ष […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए । ‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे […]
काठमाण्डौ – चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ । काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । यस्तै, चिनियाँ […]
काठमाडौँ । सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय […]
काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ […]
कोपनहेगन । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्। उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् । त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ। ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् […]
काठमाडौँ । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा […]