

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गर्यो बन्धक बनाएर बैंक खाताको पैसा लुटियो घटनामा संलग्नलाई बौद्धबाट पक्राउ गरियो काठमाडौं ।। बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् […]
काठमाडौं । कोभिड-१९ महामारीको बेला नेपाल फर्किएका ६४ जना नेपाली श्रमिकलाई मलेसियाका दुई कम्पनीले तबल लिन बोलाएको छ । मलेसियको भेन्चर अन्तर्गतका इनटिटिस् टेक्नोकम सिस्टम एसडीएन बीएचडी (entities Technocom system sdn Bhd) ले कोभिड संक्रमणका बेला नेपाल फर्केर पुनः काममा जान नपाएका नेपाली श्रमिकहरुलाई तलब लिन बोलाएको हो । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै […]
सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने काठमाडौं ।। सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकबाट […]
उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर “रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु” काठमाडौं ।। उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई कानुनसम्मत एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन आयोजित […]
कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभएको छ । आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताउनुभयो । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, […]
पत्रकारलाई उमेदवार बनाउन माग सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनायो राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ । पार्टी अध्यक्षलाई बुझाएको पत्रमा […]
मेष – धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष – सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता […]
‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरू, कर्मचारीहरू हिँड्न सक्नुपर्छ काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’का विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् […]
बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सुर्खेत ।। शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट र्यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक […]
हेलिकोप्टर खर्चको विवरण अझै बुझाइएन राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा हेलिकोप्टर प्रयोग खर्च खर्च विवरण बुझाउन भन्दै दलहरूसित स्पष्टीकरण सोधियो काठमाडौं ।। ०७९ को निर्वाचनमा राजनीतिक दलका नेताले प्रयोग गरेको हेलिकोप्टर खर्चको विवरण अझै नबुझाएको जनाइएको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आफ्नो १७औँ वार्षिक प्रतिवेदनमा हेलिकोप्टरको खर्च विवरण दलहरूले कहाँबाट व्यहोरेको भन्ने विवरण […]
टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि… खेल करिब ४० मिनेट रोकियो त्यसपछि खेल प्रभावित बन्यो काठमाडौं ।। अस्ट्रेलियाको ब्रिसबेनमा टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि खेल करिब ४० मिनेट रोकिएको छ । ब्रिसबेनमा जारी ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो । त्यसपछि खेल प्रभावित बन्यो । यूएस […]