April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मोरङको सामुदायिक वनमा जंगली हात्ती मृत भेटियो

  • साझा परिवेश
  • सोमवार, पुस १६, २०८० ११:५७
मोरङको सामुदायिक वनमा जंगली हात्ती मृत भेटियो

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट आउजाउ गरिरहेका थिए । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका थिए ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित जनजागरण सामुदायिक वनमा दशदेखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो । सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले आफूहरु घटनास्थलमा रहेको यसबारे अनुसन्धान थालिएको बताएका छन् । उनले भने, ‘घटनास्थलमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सक आइसक्नुभएको छ । पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुनेछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • साझा परिवेश
  • सोमवार, पुस १६, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट