

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ-आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताएका हुन् […]
सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा राजनीतिक नेतृत्वमा गलत प्रवृत्ति र प्रभाव बढेको छ त्यसलाई निर्मुल गर्नु पर्ने कुरामा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा […]
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अ भद्र व्यवहार गरेको भन्दै अभिभावक तथा विद्यार्थीले हातपात गरेका छन् । विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरुबीच छलफलको लागि बैठक बोलाइएको थियो । सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका हुन् । ‘गणतन्त्रलाई अभ्यासद्वारा नै […]
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आवद्ध बिरामीलाई बढीमा एक महिनाका लागि पुग्ने औषधि मात्रै दिन अनुरोध गरेको छ । केही अस्पतालहरूबाट एकैपटक तीन महिनाको औषधि दिने गरिएको र त्यसले बोर्डको भुक्तानी प्रक्रियामा वाधा पुर्याएको बोर्डले जनाएको छ । “चिकित्सकको सल्लाहमा लामो समय औषधि वितरण गर्नुपर्ने बिरामीलाई बढीमा एक महिनाका लागि मात्रै वितरण गरिदिनुु हुन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए । सबै राजनीतिक दल […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानका नाममा छुट्टयाइएका जग्गामा वृक्षरोपण गर्दै उनले सार्वजनिक जग्गा ‘नजिकका मानिस’लाई दिन नहुनेमा जोड दिए । सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा ‘लिज’मा दिए आफू विरोधमा उत्रिने उनले चेतावनी […]
काठमाडौं । झापाको कन्काई नगरपालिका–१, चुके कल्भर्टमा आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेका छन् । बाटो पार गर्दै गरेका उनलाई आज बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि विर्तासिटी अस्पताल पुर्याउनासाथ दिपराजलाई डाक्टरले मृत […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयौँ चुनौती देखिएको बताएका छन् । १६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न आफूहरूले पहल गरिरहेको पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक […]
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् । जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् । […]
पोखरा । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका हुन् । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार […]