April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

प्रचण्ड : सबै दल र जनताबीच एकता हुनुपर्छ

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १२:३९
प्रचण्ड : सबै दल र जनताबीच एकता हुनुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् ।

सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए । सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने उनको भनाइ छ । उनले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि बताए ।जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

उनले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।