May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

सार्वजनिक जग्गा संरक्षणको स्पष्ट नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १२:२७
सार्वजनिक जग्गा संरक्षणको स्पष्ट नीति ल्याउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानका नाममा छुट्टयाइएका जग्गामा वृक्षरोपण गर्दै उनले सार्वजनिक जग्गा ‘नजिकका मानिस’लाई दिन नहुनेमा जोड दिए । सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा ‘लिज’मा दिए आफू विरोधमा उत्रिने उनले चेतावनी दिए ।

सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उनले बताए । काठमाडौं क्षेत्र नम्बर-५ मा सार्वजनिक जग्गा खोजेर त्यसको संरक्षणका लागि आफूले वृक्षरोपण गर्ने उनले उल्लेख गरे । काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने स्पष्ट पारे । केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न उनले चेतावनी समेत दिए ।

क्त जग्गा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट