

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् । उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।
बुटवल । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई आज शुक्रबार प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए । ‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने । यद्यपि […]
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा […]
काठमाडौं । सरकारी वित्तमा बढ्दो दबावका कारण सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । संघीय सरकारले ४६ अर्ब रुपैयाँ पठाउने पर्नेमा २३ अर्ब रुपैयाँ कटौती गरेर अब २३ अर्ब रुपैयाँ मात्र पठाउने छ । १२ वैशाखमा बसेको मन्त्रिपरिषद्ले बैठकले ५० प्रतिशत रकम कटौती गरेर वित्तीय […]
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको […]
१५ वैशाख, डोटी । उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिममार्फतको बहस प्रभावकारी बन्दै गएको छ । उच्च अदालतका इजलास अधिकृत बसन्त पाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ । उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको जानकारी […]
काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग […]
काठमाडौं । सरकारले रकम उपलब्ध गराउन नसक्दा अनुमति पाएका १८१ आधारभूत अस्पतालको निर्माण रोकिएको छ । ९६ वटा अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको ५ महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । दुई महिना अगाडि ८५ वटा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले थप रकम माग गरेको छ । तर अर्थले फाइल सदर गरेको छैन […]
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । धर्ना सुरु गर्नुअघि […]