May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

यथास्थितिमा रहने सरकारमा तत्कालै जाने सोच छैन : रवि लामिछाने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १२:३0
यथास्थितिमा रहने सरकारमा तत्कालै जाने सोच छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए ।
‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने ।

यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए । उनले भने, ‘समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए।

यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताए । ‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन,’ लामिछानेले भने, ‘धेरै कुरा मिल्नुपर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।