April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज

भर्चुअल विधि उच्च अदालतको लागी प्रभावकारी बन्दै

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० ११:१९
भर्चुअल विधि उच्च अदालतको लागी प्रभावकारी बन्दै

१५ वैशाख, डोटी । उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिममार्फतको बहस प्रभावकारी बन्दै गएको छ ।

उच्च अदालतका इजलास अधिकृत बसन्त पाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ । उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको जानकारी दिए । भर्चुअल बहसका लागि ३५० जनाले निवेदन दिएका थिए ।

भर्चुअल विधिबाट बहस गर्दा मुद्दाका पक्षहरुलाई समय र स्रोतका हिसाबले कम खर्चिलो हुने गरेको उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला बताउँछन् । ‘बाहिर जिल्लाबाट बहसका लागि आउनु प¥यो, आउन जान समय पनि खर्च हुन्छ, खान बस्न पनि खर्च लाग्छ’ मुख्य न्यायाधीश निरौलाले भने, ‘त्यसैले भर्चुअल विधि प्रभावकारी बन्दै गएको छ ।’

निरौलाले सुरुमा कैलालीबाट मात्रै भर्चुअल बहस गर्न सकिने गरि प्रविधिको जडान भएको भए पनि हाल उच्च अदालतको क्षेत्राधिकारभित्र पर्ने अछाम, बाजुरा र बझाङमा पनि भर्चुअल विधि जडान गरिएको वताए । मुख्य न्यायाधीश निरौलाले भने, ‘प्रविधिको प्रयोगमा उच्च अदालत दिपायल अन्य अदालत भन्दा अगाडि रहेको छ ।’

न्यायमा सहज पहुँच पु¥याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा उक्त प्रविधिबाट सुनुवाइ प्रारम्भ गरिएको उच्च अदालतले जनाएको छ ।

साउनयता ५०७ फैसला

उच्च अदालत दिपायलमा २०७९ साल साउनदेखि चैत २० गतेसम्म ५०७ वटा मुद्दा फैसला भएको छन् । इजलास अधिकृत पाध्यायले दिएको जानकारी अनुसार जिम्मेवारी सरेर आएका ४८१ र नयाँ दर्ता ५८ गरि १ हजार ३९ मुद्दाको लगत रहेकोमा ५४३ मुद्दा फछ्र्र्यौट हुन बाँकी छन् ।

यस अवधिमा ६ हजार ८९ मुद्दा फछ्र्र्यौट गर्ने लक्ष रहेको थियो । लक्ष्य ७३.५८ प्रतिशत उपलब्धि हासिल गरेको अदालतले जनाएको छ ।

उच्च अदालतले जिम्मेवारी सरेका र नयाँ गरि चालु आर्थिक वर्षमा १ हजार ३२४ मुद्दा हुने अनुमान गरेको थियो । सो मध्ये ९०३ मुद्दा फर्छौट गर्ने लक्ष्य राखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट