काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले पनि भेटेका थिए त्यसलगत्तै सत्ता गठबन्धनको बैठक सुरु भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादप बैठकमा सहभागी छन्। […]
काठमाडौं । विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन । झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए । माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह […]
काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन्। पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ। ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको […]
झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका- ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मङ्गलवार […]
काठमाडौं ।। यस अघि इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापामा डिएसपीको जिम्मेवारी समालेका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मी हाल जिल्ला प्रहरी कार्यालय झापा पुगेका छन । झापाको पूर्वी नाका सँगै सीमा जोडिएका नाकाहरु तस्करीका मूख्य नाकाका रुपमा परिचित हुन । जहाँ बाट अवैध रुपमा भन्सार छलि गरेको तस्करहरुले लत्ताकपडा देखी गाइगोरु तस्करी गर्ने गर्दछन् । कति […]
गलकाेट। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद […]
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले साेमबार छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिनेछन्। पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले […]
काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा […]
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार इमर्जेन्सी इक्जिट राख्न निर्देशन दिए । सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमाा उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने बताउँदै सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिए । अहिले भर्खरै भुइँचालो गयो भने हामी यहीँ जोखिममा छौ […]
काठमाडौँ- नेकपा एकीकृत समाजवादीकाे पोलिटब्यूरो बैठक साेमबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाइएको हो। स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले […]
ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ। मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए। ‘छिटोभन्दा छिटो स्वास्थ्य बीमा गराएर कार्यान्वयन गर्नुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुन्छ,’ उनले भने। महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने बताए। ‘हामी यो […]