काठमाडौं, मंसिर २१ : ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ। गत माघको पहिलो साता […]
काठमाडौं, मंसिर २० : यती एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । कम्पनीले एउटा टिकट किन्दा अर्काे सित्तैमा दिने योजनासहित माउन्टेन फ्लाइट सुरु गरेको जनाएको छ । एअरलाइन्सले सगरमाथाको उचाइ बराबरको मूल्य आठ हजार ८४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । एअरलाइन्सले प्रत्येक साताको शनिबार दुईओटा पर्वतीय […]
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृ’त्यु भएको छ । सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ। शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ […]
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)मा नयाँ उपकुलपतिका लागि दौडधुप सुरु भएको छ । अहिलेका उपकुलपतिको पदावधि सकिन लागेको छ । तर, उनको पनि सम्भावना समाप्त भएको छैन । उपकुलपति प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठको दोस्रो कार्यकाल आउँदो माघ ७ गते सकिँदैछ । ४–४ वर्ष गरी उनको दुई कार्यकाल पूरा हुन लागेको हो । तर, दुवै […]
काठमाडौँ, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, […]
काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय […]
काठमाडौं : पूर्व संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पदको इच्छा राख्ने व्यक्तिलाई पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन्। नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा […]
काठमाडौं : रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ। रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त […]
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]
काठमाडौं : सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट […]
काठमाडौं : विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्यानडा सरकारले त जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो । रुसमा एक लाखभन्दा […]