April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:३९
नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं : सत्तारुढ नेकपाका दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट सहमति खोज्नुपर्ने पक्षमा हुनुहुन्छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भने बैठकबाटै टुङ्ग्याउनुपर्ने अडानमा छन् । सहमति जुटाउन र आवश्यक तयारी गर्न भन्दै तीन दिनको लागि स्थगित भएको सचिवालय बैठक शनिबार बस्दै छ ।

बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित हुनुहुन्थ्यो । ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्दै बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । तर शनिबारको बैठकमा पनि ओली उपस्थित हुने, नहुने टुंगो लागेको छैन ।

ओलीले बैठक स्थगित गरेर अनौपचारिक छलफलमा जोड दिनुभएको छ भने प्रचण्ड-नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ । ओली निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत-अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने भएकाले संवादबाट सहमति खाेज्न आग्रह गरेका छन् ।

तर, प्रचण्डले भने बैठकबाटै सहमति खोज्नुपर्ने बताउनुभएको छ । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

उनीहरूले केही दिन बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेका थिए । दुई अध्यक्षले सँगै बसेर छलफल गर्दा दुई छुट्टाछुट्टै प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने ओली निकट नेताहरुको भनाइ थियो । तर, प्रचण्डले भने ओलीले साँच्चै सहमति खोजेको हो भने सचिवालय बैठकमा उपस्थित हुनुपर्ने जवाफ दिनुभएको थियो । प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र माफी मागेपछि मात्रै बैठकको औचित्य हुने ओलीको अडान छ ।

ओलीले सङ्क्रमणकालीन कमिटीबाट बहुमत-अल्पमतका आधारमा निर्णय हुन नसक्ने मत पनि राख्नुभएको छ । प्रचण्ड-नेपाल पक्षले भने दुवै अध्यक्षको प्रतिवेदनलाई कमिटीमै छलफल गरेर अगाडि बढ्ने अडान लिएका छन् । कमिटीले गर्ने जुनसुकै निर्णय ओलीले मान्नुपर्ने उनीहरूको अडान छ ।

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्नुपर्ने पनि उनीहरुको अडान छ । बुधबारको सचिवालय बैठकले पार्टीमा उत्पन्न विवाद समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
साभार :- उज्यालो

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट