जनकपुरधाम । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो । मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई […]
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो। उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० […]
पाेखरा । ठूलो दलको हैसियतमा नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले अडान र कसरत गर्दा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिनेसम्मको चेतावनी दिन भ्याए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते शनिबार ढलेपछि कांग्रेस […]
कैलाली । बाजुरा जिल्लाको गौमुल गाउँपालिका-४ घोगाला गाउँकी खिरी रोकायाले महिला समूहबाट ऋण झिकेर नेकपा एमाले पार्टी संगठित सदस्यता नवीकरण गरेकी छन् । रोकायाले श्रीमान् र आफ्नो गरी दुई वर्षको प्रति व्यक्ति ४ सय ८० का दरले ९ सय ६० रूपैयाँ तिरेर सदस्यता नवीकरण गरेकी हुन् । रोकायाले गाउँमा भएको महिला समूहबाट १ हजार ऋण […]
म्याग्दी । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोग निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ। चौँरीपालक कृषकको संस्था हिमालयन चौँरीपालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो। थासाङ गाउँपालिका–२, बोक्सी खोलामा लागेको मेलामा करिब चार सय सर्वसाधारण चौँरीको रगत खान भेला […]
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वालिकामाथि जवर्जस्ती गर्ने रानालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले […]
डोटी । डोटी जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् […]
काठमाडौं । कोशी प्रदेश सरकार प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । त्यस्तै हिजोकै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय पनि गरेको छ
बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका छन् । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जीत हासिल गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताएका हुन् । उनले […]
मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । […]
काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा छात्रालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । […]
काठमाडौं । धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतक प्रस्तुति दिए । दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, […]